कोहलपुर ।
बाँकेको कोहलपुरलाई ‘शैक्षिक हव’ को रुपमा विकास गर्ने खम्बाको रुपमा रहेका हरिप्रसाद रावतको निधन भएको छ ।
पहिले कोहलपुरमा माध्यामिक तहका विद्यालयहरु थिएनन् । वन नमुना विद्यालयलाई माध्यामिक तहसम्म पढाई हुने बनाइएको थियो ।
त्यसभन्दा अघि माध्यामिक तहको शिक्षा लिन बाँकेको सदरमुकाम समेत रहेको नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । त्यतीमात्र होइन कोहलपुरमा उच्च शिक्षा अध्ययन गर्ने कलेजहरु थिएनन् ।
रावत लगायतको ठूलो प्रयासमा उच्च शिक्षा अध्ययनको लागि बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना गरिएको थियो ।
कोहलपुरमा शिक्षाको विकासको साथै अन्य विकासमा ठूलो योगदान दिने रावतको बुधबार राति सवा ९ बजे उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
बिक्रम सम्बत् १९८८ माघ १० गते सल्यानमा जन्मीएका रावतका ५ छोरा र ३ छोरी रहेका छन् । उनी सल्यानमा जन्मीएपनि बाँकेको कोहलपुरमा पहिलादेखि नै बस्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्