नेकपाका युवा नेता अब्दुल हुसेन खाँद्वारा ८१ घरपरिवारलाई राहत वितरण



कोहलपुर ।

प्रदेश नं. ५ का नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का सदस्य तथा यूवा नेता अब्दुल हुसेन खाँद्वारा ८१ घर परिवारलाई राहत वितरण गरिएको छ ।

मंगलबार कोहलपुर नगरपालिका वडा नं. ४ का ८१ विपन्न घर परिवारलाई राहत वितरण गरिएको हो । नेकपाका यूवा नेता अब्दुल हुसेन खाँले कोरोना संक्रमणको प्रकोपका कारण सरकारले लकडाउन गरेपछि काममा जान नपाएका ज्याला मजदुरहरुलाई साँझ विहान खान जोह गर्नेका लागि समस्या भएपछि राहत वितरण गर्नु परेको बताए । हामीले ७० जनाको परिवारलाई १५ क्न्विटल चामल वितरण गर्ने भनिएता पनि ८१ जना घरपरिवार आएपछि १७.५ केजी चामल वितरण गरिरहेको हौ उनले भने यति बेला देश संकट परिरहेको समयमा हाम्रो परिवारले सानो सहयोग गरेको हौ । उनका अनुसार राज्यले सहयोग सबैलाई कहाँ पु¥याउन सक्छ त्यसकारणले आफ्नो छिमेकीहरुलाई राहत वितरण गरेको बताए । जसको ६० हजार मुल्य बराबर खर्च लागेको उनको भनाई थियो । बुवा गोप खाँ र भाई मोहम्मद हुसेन खाँ, सद्विर हुँसेन खाँ, समेत सहयोग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २५ गते मंगलबार