बाँसगढी पिपल बोट सहकारीद्वारा विपद् व्यवस्थापन कोषमा २१ हजार सहयोग



बाँसगढी ।

बर्दियाको बाँसगढीमा रहेको बाँसगढी पिपल बोट बचत तथा ऋण सहकारी द्वारा २१ हजार विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

बाँसगढी नगरपालिकामा रहेको विपद् व्यवस्थापन बाँसगढी पिपल बोट बचत तथा ऋण सहकारी द्वारा २१ हजार रुपैया राहत संकलन गरेको हो ।

विश्वमा फैलिएको कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन तथा राहतका प्याकेजहरुको पूर्णरुपमा कार्यान्वयन गर्नका लागि राहत संकलन गरिएको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार