तक्षशिला एकेडेमीका शिक्षकद्वारा एक दिनको तलब संकलन गरी राहत हस्तान्तरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको तक्षशिला एकेडेमी स्कुलका शिक्षकहरुले एक दिनको तलब संकलन गरी राहत हस्तान्तरण गरेका छन् ।

तक्षशिला एकेडेमी स्कुलका शिक्षक द्वारा चामल तिन क्विन्टल, नुन एक क्विन्टल, दाल ५० केजी, तेल पाँच पेटी, स्वायविन २० केजी बराबरको खाद्यान्न साम्रागी कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने(निरज) लाई खाद्यान्न साम्रागी हस्तान्तरण गरेका थिए ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारणले संकट परेको समयमा रकम संकलन गरी खाद्यान्न साम्रागी हस्तान्तरण गरेको हो ।

तक्षशिला एकेडेमी स्कुलका संस्थापक कमल पछाईले कोरोना भाइरसका कारणले दुःख, पिडा भोगिरहेका गरिव तथा विपन्न परिवारलाई थोरै भएपनि मलम लगाउने बताए ।

सोही अनुसार हाइस्कुदमा रहेको प्रहरी विटलाई पनि पानी र चाउचाउ समेत हस्तान्तरण गरेको छ

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार