27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बसन्त र राजको सन्देशमुलक गीत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६  

काठमाडौं ।
गायक राज सागरले बिहिबार एउटा सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु बिगत १० दिनदेखि लक डाउनको अबस्थामा घर भित्रै छन् ।

यस्तो अबस्थामा पनि जोखिम मोलेर गायक तथा संगीतकार राज सागरले नयाँ गीत उद्धार गरौं यो मानवताको….को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो । गीत यतीबेला समय सान्दर्भिक छ

यो गीतलाई कवि तथा गीतकार बसन्त चौधरीले लेखेका हुन् । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरेका छन् ।
यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन् । यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सँकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् ।

यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।
शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ । गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् ।

www.youtube.com/watch?v=UTd1iuFQegI&feature=share

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     9:43:31 AM  |