29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

बर्दियाबाट ३ जनाको स्वाब परिक्षणका लागि काठमाडौ पठाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

रावन विश्वकर्मा, बाँसगढी, बर्दिया,

कोरोना भाईरस संक्रमणको संकास्पद ३ जनाको स्वाब परिक्षणका लागि मंगलबार काठमाडौ पठाईएको छ । बर्दिया जिल्ला अस्पतालको आईसोलेसन कक्षमा राखिएका ६ जना मध्य संकास्पद ३ जनाको स्वाब परिक्षणका लागि मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा पठाईएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

बर्दियामा मंगलबार सम्म जिल्ला अस्पतालमा १७ बेड, प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीमा ७ बेड, त्रिभुवन मावि भुरीगाँउमा २ बेड र प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा ३ बेड गरी २९ बेड संख्याको आईसोलेसनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया जिल्लामा मंगलबार सम्म जिल्ला अस्पतालमा मात्रै ६ जनालाई आईसोलेसनमा राखिएको छ ।

त्यस्तै बर्दियामा सबै स्थानिय तहहरुमा गरी ४ सय २ बेड संख्याको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । बर्दियाका सबै स्थानिय तहहरुमा गरी ४ सय २ बेडको क्वारेन्टाईनको निर्माण गरिएकोमा २ सय ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ । २ सय ९० मध्य २१ जना महिला रहेका छन् भने होम क्वारेन्टाइनमा ५ जना फर्कि गरेका छन् ।

गुलरिया नगरपालिकामा १ सय ८६ बेड संख्या भएको क्वारेन्टाईनको व्यवस्था गरिएकोमा १ सय ४२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । त्यस्तै गेरुवा गाउपालिकामा ३७ बेड संख्या रहेकोमा ३२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

 

बारबर्दिया नगरपालिकामा ४७ बेड संख्याको क्वारेन्टाईन भएकोमा ४० जना, मधुवन नगरपालिकामा २५ बेड संख्या रहेकोमा २१ जना, बाँसगढी नगरपालिकामा २३ बेड संख्या रहेकोमा १७ जनालाई क्वारेन्टाईन कक्षमा राखिएको छ ।

त्यस्तै ठाकुरबाबा नगरपालिकामा ३० बेड संख्याको क्वारेन्टाईनको व्यवस्था गरिएकोमा १३ जना, राजापुरमा २९ बेड संख्या रहेकोमा ९ जना र बढैयाताल गाँउपालिकामा २५ बेड संख्याको क्वारेन्टाईनको व्यवस्था गरिएकोमा १६ जनालाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार २८ जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा खटिएका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     6:56:14 PM  |