कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने नेरा माध्यामिक बिद्यालय सर्रीमा मंगलबार क्वारेन्टाइान स्थापना गरिएको छ ।
कोरोना भाईरस संक्रमणको आशंका लागेका बिरामीलाई राख्नका लागि क्वारेन्टाइनको स्थापना गरिएको वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले जानकारी दिए ।
उनले भारत लगायत कोरोना प्रभावित अन्य देशबाट आएका जोकोहीको बारेमा समयमै जनप्रतिनिधी तथा प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गरेका थिए । यस्तो गरेमा संक्रमित ब्यक्ति समयमै पत्ता लाग्ने र संक्रमित हुनबाट अरुपनि बच्न सक्ने उनले बताए ।
१४ शैयाको क्वारेन्टाइन स्थापनाका लागि भेरी वातावरणीय विशिष्टता समुह (बी गु्रप), नेपाल रेडक्रस सोसाईटी बाँके, एडब्लुओले सामाग्री सहयोग गरेको वडा अध्यक्ष थारुले जानकारी दिए । क्वारेन्टाइानमा सुविधायुक्त बेड, टुटी सहित हात धुने बाल्टीन, साबुन, मास्क र झुलको ब्यवस्था रहेको वडा नम्बर ७ का अध्यक्ष जनक बहादुर थारुले बतँए ।
उनका अनुसार आवश्यकता अनुसार क्वारेन्टाइनमा बेड थपिनेछ । क्वारेन्टाइान स्थापनासँगै कोरोना भाईरस सम्बन्धी सचेतनामलक ब्यानर वितरण गरिएको थियो ।
कोरोना बाट बच्ने उपायबारेमा नेपाली, थारु, अवधि लगायतका भाषमा लेखिएका ब्यानर पनि स्थानीयलाई वितरण गरिएको थियो ।











प्रतिक्रिया दिनुहोस्