16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सीमामा अलपत्र नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्ने प्रदेश सरकारको निर्णय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

कोहलपुर ।

विश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमण रोक्नका लागि प्रदेश नं. ५ सरकारले सिमामा आएका नेपालीहरुलाई उद्दार गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

चैत १७ गते बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने निर्णय गरेको हो । भारतका बिभिन्न ठाउँमा आएर सिमामा अलपत्र परेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको थियो

। उनीहरुको उद्धारका लागि माथिल्लो आदेश कुरिरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले कुनै निर्णय गरिरहेको छैन् । सिमामा रहेका नेपालीको दैनिकी कष्टकर बनेको छ । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने गरी भएको निर्णय कार्यान्वयन भएन ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     11:33:53 AM  |