19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोहलपुर सवारी दुर्घटनाः ड्युटी जाँदै थिइन् अनमी शोभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

कोहलपुर ।
बाँकेको कोहलपुरस्थित न्युरोड सेन्ट«ल प्लाजा चोकमा मंगलबार भएको सवारी दुर्घटनामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवामा कार्यरत अनमी शोभाकुमारी केसी (बटाला) को मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अनमी केसी सवार मोटरसाइकल बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समा ठोक्किएको थियो।

उनी बिहान ड्युटीका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     9:43:19 AM  |