19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बिटर बट इट इज द रियालिटीः एक नर्सकाे अनुभूती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६  

नाइट डिउटि जान तयारी गर्दै थिए , घर बाट बुबा मम्मीको भिडियो कल आयो । कल उठाँए, हतार हतार मम्मी नाइट डिउटी जान तयारी गर्दै छु भँने ।

उता बुबा मम्मी मलिन अनुहार बनाउदै ओ हो ! छोरि डिउटी पो छ ! उस्स कस्तो जागिर ! डिउटी नजाउ भन्न नि सकिएन.. भन्दै आखा भरि आँसु बनाऊनु भयो । मन खिन्न भयो ।

उहाँहरको आसु देखेको नदेखे झँै गरी मम्मी डिउटी जान ढिला भयो पछि कल गर्छु भनेर राखिदिँए , किनकि म नर्स हुँ ।

श्रीमानले ल राम्रो सँग जाउ टेक केयर एण्ड बि सेफ भन्दै खानाको बक्स दिनुभयो । डिउटी जाने मन छैन भन्न पनि सकिन, किनकि म नर्स हँु ।
भाईले जिस्क्याउदै घरमा कोरोना नल्याउनू नि भन्दै ख्याल गर ल भन्यो ।

तर कोरोना संक्रमण आफुलाई हुनु भन्दा केयौ गुना डर आफ्नोे कारणले परिवार जोखिममा रहेको कुराले मन भारि भएको थियो । तर हास्दै नकरा डरपोक भन्दै डिउटी हिडे किनकि, म नर्स हुँ । १२ घण्टा लामो नाईट ड्युटी गरेर घर आईपुगे ।

घरभित्र नगई बाथरुममा गइ नुहाइ धुवाइ गरेँ । हिजो देखि लगाइरहेको सर्जिकल मास्क पनि घाममा सुकाऊन राखिदिए किनकि आज नाइट डिउटी जादा पनि त लगाउनु छ । के थाहा अर्को सर्जिकल मास्क हस्पिटलमा कहिले पाइन्छ खोइ !!

हुन त इम्पोर्ट भाको छ रे त पि पि ई ! आइपुग्ला नि छिट्टै ?? खाना खाई एकछिन रेस्ट गर्नुपर्यो भन्ने सोचेर पल्टिए । मोवाइल चलाउदै निन्द्रा कुरिरहे । छिटो त कहाँ निन्द्रा लाग्थ्यो जब फेसबुक भरि कोरोनाको आतंक छाइरहेको छ । तर एकछिनमा त निदाएछु ।

आँखा अरु दिन भन्दा अलि छिट्टै खुल्यो अनि एसो मोबाइलमा केही टाइप गरौँ कि भन्ने जस्तो लाग्यो । एकछिन मनमा रहेको केही कुरा लेखेँ । ओहो पाँच बज्न लागेको पो रहेछ । अब पो निन्द्रा लाग्ला जस्तो भो । नाइट डिउटी जानु छ फेरि!!! नाइ डिउटी जादिन नि आज भन्न पनि त सक्दिन म!!!! किनकि म नर्स हुँ !

-अस्मीता हाल शिक्षण अस्पताल महाराजगञ्जको आईसियुमा कार्यरत नर्स हुन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६     9:13:04 AM  |