साढे चार सय पर्ने सेनिटाइजर १५ सयमा बेच्ने मेडिकल सञ्चालक पक्राउ



बर्दिया ।
बर्दिया बाँसगढी नगरपालिकास्थित बाँसगढी बजारमा रहेको बुद्ध मेडिकलहलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेनिटाइजरको मूल्यमा बृद्धि गरी विक्री गरेको भन्दै प्रहरीले मंगलबार सञ्चालक बुद्धि थारुलाई नियन्त्रणमा लिएको हो ।

सञ्चालक थारुविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

सञ्चालक थारुले चार सय ५९ रुपैयाँ लेवल लगाइएको सेनिटाइजरलाई १५ सय रुपैयाँमा विक्री गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

सेनिटाइजरमा कालोबजारी भइरहेको गुनासो आएपछि प्रहरी नै ग्राहक बनेर थारुको मेडिकल हल पुगेको थियो, सोही क्रममा उनलाई रंगेहात नियन्त्रणमा लिइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १९ गते बुधबार