फिलिपिन्समा औषधि बोकेको विमान दुर्घटनाग्रस्त, ८ जनाको मृत्यु



फिलिपिन्सको राजधानी मनिलामा रहेको निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट टोक्यो जानका लागि उडेको विमान आइतवार दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी विमानमा सवार सबै आठजनाको मृत्यु भएको विमानस्थल कर्मचारीले बताएका छन् ।

लायन एयरको विमानमा विमानस्थलबाट उड्ने क्रममा आगो लागेको मनिलाको अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।

विमानमा एक अमेरिकी र एक क्यानडेली रहेको यात्रुसूचीबाट पत्ता लागेको छ । अन्य ६ जना चाहिँ फिलिपिनो नागरिक थिए ।

यात्रुहरूमा स्वास्थ्यकर्मी पनि रहेको रेडक्रसका प्रवक्ता रिचर्ड गोर्डनले बताए । विमानमा औषधिहरू रहेको अनि धावनमार्गमै विमानमा आगो लागेको फिलिपिन्स समाचार संस्थाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार