नेपालगञ्ज ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले देश नै ‘लकडाउन’ घोषणा गरेको एक हप्ता पुग्दैछ । विभिन्न क्षेत्रमा छरिएर रहेका मानिसहरु ‘लकडाउन’ कारण आफ्नो घरसम्म पुग्न सकेका छैनन् ।
बिशेषगरी अहिले उद्योग कलकारखानामा काम गर्ने कामदारहरु मर्कामा परेका छन् । अब भने उद्योग कलकारखानामा आवद्ध कामदारहरुलाई उद्योगीहरुले नहेरे नेपालगञ्ज उद्योग बाणिज्य संघले सहयोग गर्ने भएको छ ।
उद्योग कलकारखानाहरुमा कार्यरतहरुलाई ‘लकडाउन’ अवधीसम्म सोही ठाउँमा नै बस्न संघले आग्रह गरेको छ ।
संघका प्रथम उपाध्यक्ष आदेश कुमार अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना राख्दै घर जान नपाएका मजदुर तथा कामदारहरुलाई घर नजान आग्रह गरेका छन् ।
मजदुर तथा कामदारहरुलाई मालिकहरुले खान बस्नेको व्यवस्था नगरे उनले नेपालगञ्ज उद्योग बाणिज्य संघ वा आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्