बाँकेको ढकेरीमा विदेशबाट आएका २४ जना भेटिए, क्वारेन्टाइनमा राख्न माग



कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा आइतबारसम्म २४ जना भारतसहित अन्य मुलुकबाट २४ जना घर आएको पाइएको छ । कोरोना भाइरसको सन्त्रास सुरु भएपछि उनीहरु आएको पाइएको बताइएको छ ।

आइतरसम्म साउदीबाट एक, कतारबाट एक र भारतबाट २२ जना गरि २४ जना भित्रिएका हुन् । तथ्यांक संकलन कार्य जारी भएकाले यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

स्थानीयहरुले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा राख्न माग गरेका छन् । यसैगरी वडा कार्यालयले ढकेरीमा रहेको गणेश माविमा क्वारेन्टाइन बनाउने निर्णय गरिसकेको छ ।

अस्थायी क्वारेन्टाइनको रुपमा विद्यालयको भवनलाई प्रयोग गर्ने निर्णय गरिएको वडाअध्यक्ष महाबिर ओलीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन निर्माणको काम सुरु भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार