नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज मुस्लिम समाजले राहात बाँड्न सुरु गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोगिन सरकारले ‘लकडाउन’ को घोषणा गरेसँगै दैनिक मजदुरी गरी घरपरिवार पाल्नेहरुलाई समस्या परेको छ ।
सोही कुरालाई मध्यनगर गरेर मुस्लिम समाजले नेपालगञ्ज उपमहानगरपालिका १ का ४ सय बढी घरधुरीलाई शनिबार खाद्यान्न लगायतका साम्रगी वितरण गरेको हो ।
नेपालगञ्ज मुस्लिम समाजका अगुवा मेराज अहमद हिमालयका अनुसार शनिबार सबैका घर घरमा पुगेर राहात स्वरुप खाद्यान्न साम्रगी वितरण गरेको थियो ।
‘सरकारले घोषणा गरेको लकडाउनको समयमा समेत कोही भोकै हुनु नपरोस् भनेर हामीले खाद्यान्न वितरण गरेका हौं’ उनले भने,‘ आज आइतबार वडा नम्बर ४ खाद्यान्न लगायतका साम्रगी वितरण गर्ने कार्यक्रम तय भएको छ ।’
राहात वितरणमा नेपालगञ्ज मुस्लिम समुदायका अगुवा समाजसेवी मुन्ना मन्सुरी, बाबु नेता, ज्याउलहक हल्वाई, लुकमान भाई, हकीम हल्वाई, फिरोज हल्वाई ,वाहिद हल्वाई ,सारिक अली लगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्