मल्लद्वारा सुरक्षाकर्मीलाई मास्क सहयोग



कोहलपुर/  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि नागरिकको सुरक्षामा खटिरहेका प्रहरीलाई कोहलपुरका एक युवाले मास्क सहयोग गरेका छन् । कोहलपुर नगरपालिका वडा नं.११ का विशाल मल्ल ठकुरीले ईलाका प्रहरी कार्यालय कोहलपुरलाई मास्क सहयोग गरेका हुन् ।मल्लले उक्त मास्क कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डि़एसपी) कुलदिप चन्दलाई हस्तान्तरण गरेको हुन् । आफुनो ज्यानलाई समेत जोखिममा राखेर प्रहरी जनताको निरन्तर सुरक्षामा खटिने भएकाले उनीहरुको सहजताका लागि मास्क सहयोग गरेको मल्लले बताए । सामाजिक कार्यमा अग्रसर मल्लले आफ्नो निजि प्रयोजनका लागि ल्याएका भएपनि केरोनाको महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई सय मास्क बढी सहयोग गरेको बताए । यसअघि केहि समय पहिले पनि उनले नेपालगञ्जकी एक क्यान्सर पीडितलाई सहयोग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार