नेपालगञ्ज ।
नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन आएको वाइ १२ जहाज अवतरणका क्रममा रन–वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा दुर्घटना भएको हो ।

समस्या आएर अवतरणका क्रममा आज बिहान साढे एघार बजे रन–वे नजिकै दुर्घटना भएको जहाजमा क्षती भएपनि मानवीय क्षती भने भएको छैन ।

जहाजमा दुई चालक दलका सदस्य, एक परिचालिका र दुई चिकित्सक गरेर पाँच जना रहेको नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान आउने बताइएको छ । 







प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्