19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर जेसीजद्धारा मेडिकल कलेज कोहलपुरलाई ‘पिपिई’ सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६  

कोहलपुर ।

कोहलपुर जेसीज २०२० ले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । शनिबार कोहलपुर जेसीज २०२० का अध्यक्ष संगम खनालले अस्पताललाई पिपिई हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरस (कोभिड– १९) को उपचारमा संग्लन चिकित्सकहरुलाई पर्सनल सुरक्षा साम्रगी अभाव भइरहेको बेला कोहलपुर जेसीजले प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सहयोग गरेको हो ।

कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालका अनुसार अस्पताललाई स्थानीय स्तरमा नै चिकित्सकको सल्लाह बमोजिम बनाइएको २० थान पिपिई प्रदान गरिएको थियो ।

कोरोना भाइरसको उपचारमा संग्लन चिकित्सकहरुलाई सजिलो होस भन्नका लागि सुरक्षाका साम्रगीहरु दिइएको उनले बताए । शुक्रबार मात्र अस्पताललाई २ सय पिस मास्क र २५ थान ठूलो सेनेटाइजर प्रदान गरिएको अध्यक्ष खनालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुर मार्फत समेत प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) १५० थान चितवनको लागि पठाइएको छ ।

आगामी दिनमा बैजनाथ गाउँपालिकाका स्वास्थ्य चौकीहरुलाई समेत पिपिई समेत मेडिकल साम्रगीहरु प्रदान गरिने कार्यक्रम रहेको कोहलपुर जेसीजले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६     12:04:17 PM  |