रावन विश्वकर्मा, बाँसगढी, बर्दिया,
बर्दियामा लक डाउनको आदेश अवज्ञा गर्दै समुहमा जम्मा भई तास खेल्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ को सोहेलवा गाँउमा समुहमा जम्मा भई तास खेलिरहेको अबस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो ।
सरकारले लक डाउनको घोषणा गरिरहेको अबस्थामा घर भित्रै बस्न अनुरोध गरिरहेको वेला पनि समुहमा जम्मा भई ताल खेल्दै गरेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
त्यस्तै लक डाउनको अवज्ञा गर्दै सञ्चालन गर्ने १३ वटा साईकल, ११ वटा मोटरसाईकल र १ वटा अटो रिक्सालाई समेत नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक बास्तोलाले जानकारी दिए । बर्दियामा लक डाउनलाई प्रभावकारी बनाउन अनुगमनलाई पनि तिव्रता दिईएको छ ।
जिल्लाका बिभिन्न ठाँउहरुमा जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतको टोलीले अनुगमन गरेको छ भने स्थानिय तहहरुमा सम्बन्धी स्थानिय तह, स्थानिय प्रशासन, प्रहरी र जनप्रतिनिधी सहितको टोलीले अनुगमनलाई बढावा दिएको छ ।
यता बाँसगढी नगरपालिकामा नगर प्रमुख सालिकराम अधिकारी र ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य नेतृत्वमा छुट्टा छुटै अनुगमन टोली बनाईएको छ भने वडा स्तरमा समेत वडा अध्यक्ष सहितको टोलीले लक डाउनको अवस्थाबारे अनुगमन गरिरहेको छ । बजार क्षेत्र र राजमार्ग क्षेत्रमा लक डाउनको पालना गरिएको देखिए पनि गाँउहरुमा भने लक डाउनको अवज्ञा भईरहेको पाईएको छ ।
गाँउहरुमा लक डाउनको अवज्ञा गर्दै तास खेल्ने, क्यारेमवोर्ड खेल्ने र समुहमा जम्मा भई बस्ने गरेकाले पनि वडा अध्यक्ष सहितको टोलीले पनि गाँउ तथा टोल टोलमा पुगि नागरिकहरुलाई सचेत बनाउदै घर भित्रै बस्न आग्रह गरिएको छ ।
नागरिकहरुलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न बाँसगढी नगरपालिका ३ का वडा अध्यक्ष प्रेमराज पौडेल र वडाका जनप्रतिनिधी सहितको टोलीले वडाका प्रत्येक गाँउ र टोल टोलमा पुगि लक डाउनको अबस्थाका बारेमा अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा लक डाउनको पुर्ण पालना गर्दै आफु बच्न र अरुलाई पनि बचाउन र विपद्को बेला सबै सचेत रहन आग्रह गरिएको वडा अध्यक्ष प्रेमराज पौडेलले बताए ।









प्रतिक्रिया दिनुहोस्