महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका १० जना होटलमा



कोहलपुर :

बाँकको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएका १० जनालाई एक होटलमा सारिएको छ ।

महेन्द्र क्याम्पसभित्र रहेको क्वारेन्टाइन अव्यवस्थित रहेको भन्दै स्थानीय संचार माध्यममा समाचार प्रकाशित भएपछि उनीहरुलाई होटलमा सारिएको हो ।

क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थयलाई मध्यनजर गर्दै नेपालगञ्ज स्थित होटल सामथ्र्य ईनमा सारिएको नेपालगञ्ज उप–महानगरपालिका नगर स्वास्थ्य शखाका प्रमुख राम बहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार हरेक ब्यक्तिलाई छुट्टाछुट्टै कोठमा राखिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार