कोहेलपुर :
पूर्व मन्त्री मोहमद् ईस्तियाक राईले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि आग्रह गर्दै मानवीय सहयोगमा जुट्न अपिल गरेका छन् ।
उनले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको नोबल कोरोनाको संक्रमण फैलिन नदिनको लागि सरकारले आव्हान गरेको लक डाउनबाट प्रभावित भएका विपन्न तथा दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्नेहरुको अवस्था भयावह हुन नदिनको लागि सबैलाई आग्रह गरेका छन् ।
उनले बाँके निर्वाचन क्षेत्र नम्बर २ को भुगोलमा रहेका कुनै दिन काम गर्न जान नपाउदा भोकै बस्नुपर्ने अवस्था आउन्ेहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई दैनिक उपभोग्यका बस्तु उपलब्ध गराउने कार्यमा समाजबादी पार्टीका नेता कार्यकर्ता जुट्न निर्देशन दिएका छन् । हेर्नुहोस मन्त्री राईले जारी गरेको विज्ञप्ति
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्