क्यालिफोर्नियाबाट फर्किइन् बलिउड अभिनेत्री नितु



मुम्बई ।

कोरोना भाइरसको भयावह स्थितिलाई मध्यनजर गर्दै बलिउड अभिनेत्री नितु चन्द्रा क्यालिफोर्नियाबाट भारत फर्केकी छन्। उनी त्यहाँ एक्सन थ्रिलर फिल्मको सुटिङका लागि गएकी थिइन्।

कोरोना भाइरसका कारण उनका अभिभावक धेरै चिन्तित भएकाले उनी फर्केकी हुन्। नितुले आफ्नो क्यालिफोर्निया यात्राको अनुभव सार्वजनिक गरेकी छन्।

नितुले भनिन्, ‘त्यहाँ बस्न मुस्किल छ’, ३५ वर्षकी नितुले भनिन्, ‘त्यहाँ सबै बन्द भइरहेको थियो। रेस्टुराँदेखि बार र कार्यकक्षसमेत बन्द थिए। हामीलाई सीमित खानेकुरा दिइन्थ्यो। थप खाना माग्दा भोलि आउन भनिन्थ्यो। परिवारभन्दा टाढा बसेर बाँच्न मुस्किल छ।’

‘मेरा अभिभावकले यहाँ जस्तो अवस्थामा भए पनि फर्कन आग्रह गरे’, उनले भनिन्। क्यालिफोर्नियामा रहँदा सथीभाइको असाध्यै चिन्ता लागेको पनि उनले बताइन्।

‘एयरपोर्टमा सबै सन्देहको नजरले हेर्थेे’, नितुले भनिन्, ‘इन्डिया फर्कंदा एयरपोर्टमा खासै दुःख त भएन तर यस्तो लागिरहेको थियो कि कुनै फिल्मको दृश्य चलिरहेको छ।

यो निकै भयावह थियो। मान्छेहरू मलाई भाइरस बोकेर आएको नजरले हेरिरहेका थिए। देशमा प्रवेश गर्नु पहिले मेरो राम्ररी चेक अप भयो। अहिले म परिवारसँग क्वालिटी टाइम बिताइरहेकी छु।’

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार