मनकारी जर्नादन शर्मा : मजदुरलाई फोन गरेर उद्धार गरे



कोहलपुर :

नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले बुटवलमा अलपत्र परेका रुकुमका मजदुरलाई उद्धार गरेका छन् ।

रुकुमबाट सिन्धुली मजदुरी गर्न गएकाहरु बुटवलमा अलपत्र परेका थिए ।

उनीहरुलाई गाडीले छोडिदिदा अलपत्र परेको खबर थाहा पाएपछि नेता शर्माले प्रत्यक्ष सम्पर्क गरेका थिए ।

गाडीको व्यवस्था गरि घरमा पठाउन लागिएको कुरा नेता शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

सानीभेरी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष मार्फत घरमा सकुशल भएको खबर पठाइदिन अनुरोध गर्दै सहयोग गर्ने नारायण पन्थीलाई धन्यवाद दिएका छन् । सामान्य नागरिकको समेत यसरी हेक्का राखेकोमा नेता शर्माको प्रशंसा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार