घरेलु महासंघ कोहलपुरले उद्योगीहरुलाई एक महिनाको भाडा मिनाह गरिदिन अनुरोध



कोहलपुर ।  नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले सम्पूर्ण जनमानसमा आर्थिक चपेटामा  परिरहेको बेला उद्योगीहरुलाई पनि थप मर्का पर्ने भएकोले एक महिनाको भाडा मिनाह गरिदिन अनुरोध गरेको छ ।

विज्ञप्ती जारि गर्दे नेपाल घरेलु तथा साना उद्योग कोहलपुर नगर समितिले एक महिनाको भाडा मिनाह गरिदिन अनुरोध गरेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेमविक्रम जि. सी. र महासचिव चिन्तामणि उपाध्याय (सि.एम.)को हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारणले गर्दौ उद्योगहरुले निकै आर्थिक भार खेपिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ९ गते आइतबार