कोहलपुर :
सुर्खेत– चौराहा सडक खण्ड शुक्रबार बिहानै देखि बन्द छ । बिहीबार भएको दुर्घटनामा दुई जनाएको ज्यान गएपछि उनीहरुका आफन्तले बाटो अवरुद्ध गराएका हुन् ।
जसका कारण चौराहा देखि सुर्खेत रोड अन्तर्गत रत्न राजमार्गमा सवारी चल्न सकेका छैनन् । बिहिबार नै अटो चालक जय बहादुर रोकाको निधन भएको थियो । शुक्रबार एक अर्का घाइतेको पनि मृत्यु भएपछि आफन्त झन आक्रोशित भएका छन् ।
दोषिलाई कारबाही र पीडितलाई न्याय दिलाउनु पर्ने उनीहरुको माग छ । यस्तै यात्रुहरुले समेत बारम्बार भइरहेका बन्दले सास्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सुर्खेतका भेषराज खड्का प्रहरी र आन्दोलनकारीका कारण निर्दोष यात्रुले दुःख पाइरहेको बताएका छन् । चौराहाबाट नेपालगञ्ज र बुटवल तिर भने यातायात सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : २०७६ फागुन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्