कोहलपुर :
बिहानैदेखि कोहलपुर अस्तव्यस्त छ । लगातार भएक दुर्घटनाा कारण कोहलपुर अस्तव्यस्त भइरहेको हो । दुई दि लगातार भएको दुर्घटनाका कारण दुई जनाको मृत्यु भएको छ ।
पीडित पक्षले दोषि माथि कारबाही हुन नसकेको बन्दै यातायातका साधन पूर्णरुपमा ठप्प बनाएका हुन् । एक पक्षले पिपरी चोकमा आन्दोलन गरेको थियो ।
भने अर्का पक्षले अहिले बैजनाथ गाउँपालिका १ च्यामामा चक्काजाम गरिरहेको छ । पीडित पक्षहरुले बीच सडकमा अटो रिक्सा तेर्साएर विरोध गरिरहेका हुन् ।
जसका कारण त्यहाँको सम्पूर्ण सवारी आवागमन पूर्ण रुपमा बन्द गएको छ ।
आन्दोलनलाई ठूलो रुपमा लिन नदिनको लागि सुरक्षाकर्मी समेत खटाउनु परेको छ । बुधबार बिहान मात्र माइक्रो बसको ठक्करका कारण बैजनाथका स्थानयिको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्