कोहलपुर ।
तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेससँगको एकिकरणमा भएको सहमति कार्यान्वयन सुरु भएको
छ । त्यतिबेलाको सहमति अनुसार नेपाली काँग्रेस बाँकेको कार्यसमितिमा चारजना थप भएका छन् ।
तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार काँग्रेस बाँकेको उपसभापतिमा फुलराम थारु सदस्यहरुमा दिप नारायण बर्मा, रितु शाही र बिनोद थारु कार्यसमितिमा थपिएका हुन् । यसैगरी महासमिति सदस्यमा फुलाराम थारु, दिप नारायण वर्मा, नेतराम मौर्य, हिरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोद कुमार थारु रहेको बताइएको छ ।
तत्कालिन फोरमसँग भएको सहमति अनुसार, महासमिति सदस्य ७ जना, महाधिबेशन प्रतिनिधि १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको काँग्रेस बाँके सभापति किरण कोइरालाले बताइन् । ‘पार्टी एकिकरण भएको लामो समय भइसक्दा पनि जिम्मेवारी नपाउँदा नेता तथा कार्यकर्तामा निराशा छाएको थियो’ उपसभापति फुलाराम थारुले भने, ‘तर ढिलै भएपनि जिम्मेवारी टुंगो लागेसँगै यसले उत्साह थपेको छ ।’









प्रतिक्रिया दिनुहोस्