पत्रकार महासंघ बाँकेले होली मिलन नगर्ने



कोहलपुर ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले विगतका वर्षहरुमा आयोजना गर्दै आएको होली मिलन कार्यक्रम आयोजना नगर्ने भएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले देशभर कोरोना भाइरस प्रभावका कारण होली कार्यक्रम गर्दा हुन सक्ने विपत्तिलाई मध्यनजगर गर्दै होली मिलन कार्यक्रम नगर्ने भएको हो ।

शाखा सचिव तिलक गाउँलेद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय बाँकेले समेत भिडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्नका लागी अनुरोध गरेको हुँदा होली पर्वमा रङ्ग छ्याप्ने, अबिर दल्ने, लोला छ्याप्ने लगाएतका कार्यबाट समेत कोरोनाको संक्रमण थप जोखीमपुर्ण हुने अबस्थालाई मध्यनजर गर्दै बाँके शाखाको तर्फबाट हुँदै आईरहेको होली मिलन कार्यक्रम यस वर्ष हुन नसक्ने उल्लेख गरिएको छ ।

‘बिगतका वर्षहरुमा नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा धुमधामका साथ मनाईदै आएको होली मिलन यस वर्ष विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो अबस्थामा रहेको र साथै सम्पुर्ण सञ्चारकर्मी तथा सम्पुर्ण सुवेच्छुकहरुमा होलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछांै’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसका विरुद्ध बिभिन्न सचेतना फैलाउने खालका गतिबिधि लेख रचना तथा समाचारहरुलाई प्राथामिकता दिई सरकारको अभियानलाई सफल पु¥याउनुहुन अपिल गर्दछांै ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २५ गते आइतबार