16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

‘शिक्षकहरुले बनाएको प्रश्नपत्रमा समस्या देखियो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १३, २०७६  

डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिकाले प्रश्नपत्र निर्माण कार्यशाला गरेको छ । कोहलपुर नगर भित्रका आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाका लागि नगर शिक्षा शाखाको आयोजनामा सोमबार प्रश्नपत्र निर्माण कार्यशाला भएको हो । नगरपालिका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्डयालले विश्वसनीयता, वैधता र वस्तुनिष्ठता कायम राख्नका लागि कार्यशाला गरेको जानकारी दिए ।

‘शिक्षकहरूमा प्रश्नपत्र निर्माणको सिप विकास विना विद्यार्थीहरुको सही मूल्याङ्कन हुन सक्दैनन्’ उनले भने, ‘पाठ्यक्रमका उद्देश्य मुताविक प्रश्नपत्र निर्माण गर्न नसक्दा विद्यार्थीहरुको मुल्याङ्कनमा समस्या देखिन्छ ।’ त्यसकारणले यसलाई अझै गुणस्तरीय, प्रभावकारी बनाउनका लागि कार्यशाला गरिएको उनले बताए । नगर शिक्षा शाखाका प्रशासनिक सहायक दुर्गा बाँस्तोलाले विगतका परीक्षाहरुमा शिक्षकहरुले बनाएको प्रश्नपत्रहरुमा नै समस्या देखिएको बताए ।

‘शिक्षक स्वय आफैले बनाएको प्रश्नपत्रको उत्तर आफै अलमलिएपछि कार्यशाला गरी प्रश्नपत्र निर्माण गर्न लागेका हौं’ उनले भने, ‘अहिले पनि शिक्षहरुले पाठ्यक्रम एकातिर हुन्छ प्रश्न अर्को तिर तयार हुन्छ ।’ कोहलपुरका दश वटा विद्यालयबाट विषय विषशेज्ञ छानी प्रश्नपत्र निर्माण कार्यशाला गरिएको उनको भनाई थियो । कोहलपुर नगरपालिकाको आधारभुत तह कक्षा ८ को परीक्षा चैत्र ६ गतेबाट सञ्चालन हुने बाँस्तोलाले बताए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १३, २०७६     2:32:30 PM  |