मेयर कपमा दारी ग्याङको खानेपानी सहयोग



कोहलपुर  ।
बाँकेको कोहलपुरमा शुक्रबारबाट सुरु भएको मेयर कपमा यहाँको एक युवाहरुको समूह दारी ग्याङले निःशुःल्क पानी वितरण गरेको छ ।

कपमा सहभागी विद्यार्थीहरुको लागि सहज होस भन्ने उद्देश्यले निःशुल्क पानी वितरण गरिएको हो । दारी ग्याङमा आवद्ध युवा सन्दिप शाहीले मेयर कप अवधिभर निःशुल्क खानेपानी सहयोग गर्ने बताए ।

उनका अनुसार विद्यार्थीहरुलाई सहयोग होस भन्ने ध्येयले सहयोग गरिएको हो । उनीहरुले प्रतियोगिता स्थलमा पानीको जार राखेर खानेपानीको व्यवस्था गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २ गते शुक्रबार