कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा खानेपानी र सरसफाईका लागि विपद् जोखिम सम्बन्धी न्यूनिकरण तालिम दिइएको छ ।
बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका खानेपानी उपभोक्ता, वडा अध्यक्ष, टोलसुधारका पदाअधिकारीहरुलाई खानेपानी र सरसफाईका लागि विपद् जोखिम सम्बन्धी खानेपानी न्यूनिकरण तालिम दिइएको हो ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत तथा बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले संयूक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
फेण्ड् सर्भिस काउन्सिलका संस्थापक सुर्य बहादुर थापाले खानेपानी र सरसफाईमा विपद र प्रकोप आएपछि जोखिम कसरी न्यूनिकरण गर्न सकिन्छ र यसबाट कसरी स्वच्छ र सफा गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति : २०७६ फागुन २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्