बाँकेका तीन विद्यालयलाई कारबाही



कोहलपुर ।

बाँके जिल्लाका तीनवटा सस्थागत विद्यालयलाई कारबाही गरिएकोछ । संस्थागत विद्यालयको नेतृत्व गर्ने नेशनल प्याव्सन बाँकेले तीन वटा विद्यालयको सदस्यता खारेज गर्दै कारबाही गरेको हो ।

नेशनल प्याव्सन बाँकेका अध्यक्ष श्याम कुँवर र सचिव शिव डाँगीले बुधबार एक विज्ञप्ती जारी गर्दै बाँकेको कोहलपुरका २ र नेपालगन्जको एक गरि तीन वटा विद्यालयलाई कारबाही गरेको जनाएकोछ ।

संस्थागत विद्यालयको नेतृत्व गर्ने संगठन नेशनल प्याव्सनको गरिमामा आँच आउने गरि सांगठिक मर्यादा विपरित कार्य गरेको भन्दै नेपालगन्ज १८, स्थित सगरमाथा इङ्गलिस मिडियम स्कुल र कोहोलपुर–८ स्थित साईनिङ्ग स्टार इङ्गलिस मिडियम स्कुल तथा कोहलपुर–९ स्थित मिसन पब्लिक इङ्गलिस मिडियम स्कुललाई कारबाही गरिएको हो ।

यी तीन विद्यालयले नेशनल प्याव्सन बाँकेको सांगठनिक मर्यादा विपरित संगठन विरुद्ध विभिन्न किसिमका भ्रम फैलाएको प्रमाणित भएको हुदाँ २०७६ माघ २२ गतेदेखि नेशनल प्याब्सन बाँकेको सदस्य नरहने गरि कारबाही गरिएको विज्ञप्तीमा उल्लेखछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २३ गते बिहीबार