घुस लिदालिदै दुईजना पक्राउ



नेपालगञ्ज ।
अख्तियारले नापी कार्यालय बाँकेका दुईजनालाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

नापी कार्यालयका सर्वेक्षक यम बहादुर खत्री र अर्का लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेको हो। हाल साबिक गरिदिने भन्दै बिचौलिया मार्फत ३५ हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २२ गते बुधबार