कोहलपुर ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज देखि अन्तर सकांय भलिबल प्रतियोगिता सुरु भयेको छ ।
माघ १४ देखि सुरु भएको खेल माग १६ सरस्वती पुजा का दिन समापन हुने भयेको छ। सबै सकांयबाट छात्रतर्फ १२ र छात्रा ५ गरि जम्मा १७ टिमको सहभागिता रहेको छ ।
खेलको सयोजक अनेरास्ववियुका सचिब प्रकाश बि क, अखिल क्रान्तिकारीका उपाध्यक्ष ध्रुब जोशी र नेबिसंघ सभापति चन्द्रप्रकाश देवकोटा गरि ७ सदस्य को कार्यसमितिले खेलको कार्यक्रम सञ्चालन गरेको छ ।
खेलको व्यवस्थापन महेश यरिले गरेका छन् भने क्याम्पस प्रमुखले बल सर्भिस गरेर खेलको उद्घाटन गरेका थिए ।
खेलको सभापति विद्यार्थी कल्याणकारी प्रमुख श्रीधर अधिकारि रहेका थिए ।
प्रकाशित मिति : २०७६ माघ १४ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्