डिल्ली शाही, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत टाउन प्लानिङ्ग क्षेत्रभित्र केबुल,टेलिफोन र फाइबरका तार नसारिदाँ विद्युतिकरण विस्तारमा समस्या भएको छ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले केबुल, टेलिफोन र फाइबर सञ्चालन गरिरहेका कार्यालयहरुलाई बारम्बार जानकारी गराउदाँ समेत निर्देशन कार्यान्वयन नहुँदा समस्या भएको हो । ती कार्यालयहरुले विद्युत प्राधिकरणको सूचनालाई नै अटेरी गर्दा तिन महिना बित्तिसक्दा पनि पुराना पोलहरुबाट नयाँ पोलहरुमा तार सार्न काम हुन सकेको छैन ।
कोहलपुर नगर विकास समितिले नेपाल विद्युत प्राधिकरणलाई कोहलपुर टाउन प्लानिङ्ग क्षेत्रमा विद्युतिकरण गर्नका लागि २०७४ मा ठेक्का मार्फत काम अगाडी बढाएको थियो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुरमा प्रमुख रुमेश रुपाखेतीले तिन महिना बितिसक्दा पनि निर्देशन कार्यान्वयन नहुदाँ समस्या भएको बताए । उनका अनुसार केबुल टेलिफोन र फाइबरका कार्यालयहरुले नयाँ पोलहरुमा आफ्नो तारहरु नसारिदाँ निकै समस्या भएको हो ।
‘प्राधिकरणले बारम्बर पत्र काट्दा समेत काम भएको छैन’उनले भने, ‘पूराना पोलहरुबाट केवुल टेलिफोन र फाइबर लगायतका तारहरु हटाउनु भनेर सूचना गरिसकेका छौं ।’ पछिल्लो समय २०७६ पुष २३ गते पनि पुराना तार सार्नको लागि प्राधिकरणले पत्र काटेको छ । अब अन्तिम पटक सात दिने म्याद नै दिईएको उनले बताए । यतिबेला पनि तार सार्ने काम नभएर प्राधिकरणले नै जमिनमा खसालिदिने उनले चेतावनी दिए ।
प्रमुख रुपाखेतीले केबुल,टेलिफोन र फाइबरका तार नसारिदाँ निर्माण व्यवसायीलाई पनि काम सकिएको तीन महिना बितिसक्दा समेत भूक्तानी दिन नसकिएको बताएका छन् । उनी भन्छन्, हामीले सबै काम सकिएपछि मात्र सम्पुर्ण कामको बिल पेश गर्न लगाउँछौं, काम नहुन नसकेका कारण भुक्तानी नदिई रोकेका छौं । केबुल, टेलिफोन र फाइबरका तारहरु नयाँ पोलहरुमा राख्ने काम पुरा नभएसम्म भुक्तानी गर्ने सकिने उनको भनाई थियो । अहिले सम्म टाउन प्लानिङ्ग क्षेत्रमा पोलहरु गाढेर नम्बरिङ्ग गर्ने कार्य समेत पुरा भैसकेको छ । यस्तै ट्रान्सर्फमर पनि राख्ने काम पुरा भईसक्यो ।
अब पुराना पोलहरुबाट नयाँ पोलहरुमा कबुल, टेलिफोन र फाइबरका तारहरु सारिए कुनै पनि समस्या हुदैन । उता निर्माण व्यवसायी त्रिलोक धितालले कोहलपुर टाउन प्लानिङ्ग क्षेत्रमा सम्झौता अनुसारको भुक्तानी नदिँदा काम रोकिएको बताए ।‘मैले २०७५ कात्तिक महिना ११ गतेका दिन कोहलपुर टाउन प्लानिङ्ग क्षेत्रमा विद्युतिकरण गर्नका लागि सम्झौता भएको थियो उनले भने ‘विद्युत प्राधिकरणले २ करोड ९६ लाखमा स्टेमेट गरेकोमा हामीले २ करोड ५६ लाखमा ठेक्का सारेको थियो ।’ ठेक्क सम्झौता गरेको छ महिनामा काम सम्पन्न गर्नुपर्ने भनिए पनि बारम्बारकको अवरोधका कारण काम गर्न नसकिएको उनले बताए । तर कोहलपुर नगरपालिका वडा नम्बर ११ मा मात्र नभई कोहलपुर नगरपालिका भरी नै लोडसेडिङ्गको मारमा पर्ने भएको ले विद्युत काम सम्बन्धी बिदाको दिनमा मात्र गर्नुपर्ने समस्याले तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।
निर्माण व्यवसायी धितालका अनुसार छ महिना सम्म काम पूर्ण नभएपश्चात नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले नै तिन महिना थप गरेको थियो । पछि क्षेत्रीय कार्यालय कोहलपुरले थप तीन महिना थप्नने निर्णय ग¥र्यो । ‘फेरी कार्तिक ११ गतेका दिनसम्म पूर्ण रुपमा कामहरु सम्पन्न ग¥यौ’ उनी भन्छन्,तर हामीलाई भुक्तानी दिईएन ।’ पहिलो चरणमा गरेको काम बापत ८० लाख रकम उपलब्ध भईसकेको छ । अझै उनले विद्युत प्राधिकरणबाट अब एक करोड २५ लाख साठ्ठी हजार रकम लिन बाँकी छ । विद्युत प्राधिकरणसँग ताकेता गर्दा समेत भुक्तानी नदिएको उनको गुनासो रहेको थियो । यता कोहलपुर नगर विकास समितिका इन्जिनियर गणेश बिक्रम शाहले सम्झौता अनुसार काम सम्पन्न नभए भुक्तानी दिन समस्या नभएको बताए ।
उनका अनुसार विद्युक्तिकरणको गर्नको लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलाई २ करोड ९६ लाख ६५ सय २८ रुपैयाँको सम्झौता भएको थियो । ठेक्का सम्झौता भइसकेपछि २ करोड २५ लाख चेक मार्फत नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको खातामा हालिसकेको उनको भनाई छ । यस्तै कोहलपुर नगर विकास अध्यक्ष तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत पनि सम्झौता अनुसारको काम नभए सम्म रकम दिन नसकिने बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्