अहिले पनि देशका ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच छैैन । वर्षेनी स्वास्थोपचार नपाएकै कारण कैयौंले ज्यान गुमाउने गरेका छन् । देशका भौगोलिक रुपमा विकट क्षेत्रको अवस्था भयावह छ । हरेक मानिसले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्छ । तर गरिब र निमुखाका लागि सहज स्वास्थ्य सेवा पाउनु आकाशको फल आँखा तरी मर जस्तैको अवस्था रहेको छ ।
स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको संविधान प्रदत्त अधिकार समेत हो । हाम्रो जस्तो विकासउन्मुख देशमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेपछि कार्यान्वन पक्ष निकै जटिल छ । ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकी नै नहुने र भएपनि चिकित्सक नहुने समस्या नौलो होईन । यो गम्भिर समस्याका रुपमा रहेको छ । यसको लागि सरकार गम्भिर हुनु आवश्यक छ । अन्य क्षेत्र जस्तो होईन यो क्षेत्र निकै संवेदनशिल हुनु पर्ने हुन्छ । हाम्रो स्वास्थ्य क्षेत्रमा निकै लापरबाही गर्ने गरेको देखिन्छ । भगवान रुपै डाक्टरहरु विशेषज्ञ हुन जरुरी छ ।
ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रमा स्वास्थ्यको पहुँच केही सहज छ । तर निकै मंहगो छ । साधारण जनताको सहज पहुँच भने यस क्षेत्रमा पनि उस्तै प्रकारको छ । हाम्रोमा अर्को समस्या हो भने स्वास्थ्य क्षेत्रमा माफिया र बिचौलियाको पकड छ । उनीहरु सिधै सम्बन्ध राज्यको उच्च तहमा रहेकोले गरिबहरुको पक्षमा स्वास्थ्य सेवा छैन ।
स्वास्थोपचारको लागि अहिले पनि ग्रामिण क्षेत्रबाट सहर केन्द्रीत क्षेत्रमा आउनु पर्ने बाध्यताको अन्त्य हुन सकिरहेको छैैन । स्वास्थ्य क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम समेत लागु छन् । तर ती कार्यक्रमहरु नेतृत्व तहमा रहेको सिमित व्यक्तिको पक्षमा मात्रै छन् । त्यसै अबको स्वास्थ्य क्षेत्र गरिब र सर्वहाराहरुको पक्षमा हुनु पर्छ ।
सधै निति, नियम र कागजमा मात्रै समृद्धि होईन । जनताले अनुभूत गर्न पाउनु पर्छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा राज्यको लापरबाही, माफियाको राज र जनताको निरिहता सहन सकिन्न । राज्य जनताको पक्षमा छ भन्ने अनुभूति दिलाउनको स्वास्थ्य पहिलो प्राथमिता हुनुपर्छ । त्यो पनि अनिवार्य र निःशुल्क । कागजी प्रक्रियामा मात्रै होईन । जनताको घर र घर र दैलो दैलोमा । स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ ।








प्रतिक्रिया दिनुहोस्