कोहलपुर ।
बाँकेको कोहलपुरमा आगामी फागुनमा राष्ट्रिय स्तरको गोजुरीयो कराँतो प्रतियोगिता हुदैछ । राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, प्रदेश ५ समितिको आयोजनामा आगामी फागुन २४ र २५ गते कोहलपुरमा प्रतियोगिता सञ्चालन हुन गइरहेको हो । आयोजकले यसबारे शनिबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई समेत केही भएपनी सघाउ पुगोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय स्तरको गोजुरीयो कराँतो प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, प्रदेश ५ का संयोजक रमेश कुमार डाँगीले बताए ।
‘कोहलपुरमा हामीले पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्न गइरहेका छौं’ उनले भने, ‘प्रतियोगितामा देशभरका चार सय देखि पाँच सय खेलाडीहरुले सहभागिता जनाउने छन् ।’
प्रतियोगिता अन्तर्गत काँता र कुविन्ते तर्फ विभिन्न २८ वटा विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको तयारी सुरु गरिएको संयोजक डाँगीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनौटमा परेका खेलाडीहरुले सन् २०२० मा नेपालमै आयोजना हुन गईरहेको साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशिपमा भाग लिन पाउने बताइएको छ ।
प्रतियोगिताको तयारीको लागि विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिता सञ्चालनको लागि ८ लाख बढी रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्