कोहलपुर/ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बाँकेमा साढे १२ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । यो आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि पौष महिनासम्म १२ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका हुन् ।
उक्त कारवाहीमा परेका सवारी साधनबाट ६९ लाख ९ हजार राजश्व संकलन गरीएको बाँकेका प्रहरी प्रमुख बिरबहादुर वलीले जानकारी दिए । यस्तै गत वर्ष ३० हजार ५ सय ६२ सवारी कारवाहीमा परेका थिए । ती सवारी साधनबाट १ करोड ६७ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।
प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्