बर्दिया/ टयाक्टर दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं.५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् ।
बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइ पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ १ गते बुधबार








प्रतिक्रिया दिनुहोस्