कोहलपुर काँग्रेस सभापति माथि कुटपिट



कोहलपुर।

नेपाली काँग्रेस कोहलपुरका सभापति बलाराम शर्मामाथि कुटपिटको प्रयास भएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा काँग्रेस निकटकै युवाहरुले कार्यालयमा नै पुगेर पार्टी सभापति शर्मामाथि कुटपिटको प्रयास गरेका हुन् ।

नगर समितिको कार्यालयमा नियमित बैठक बसिरहेका बेला एक्कासी आएका काँग्रेस निकटकै दिग विजय जङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका युवाहरुले कुटपिटको प्रयाससंगै अन्य पदाधिकारी तथा सदस्यहरुमा पनि दुव्र्यवहार गर्नुका साथै बैठकको माइन्युट र पार्टीका महत्वपूर्ण दस्तावेजहरु समेत च्याति दिएको नगर सचिव भुम बहादुर भण्डारीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सचिव भण्डारीले जारी गरेको विज्ञप्तीमा उक्त घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी कारवाहीको माग गरिएको छ ।

यसरी दिन दहाडै काँग्रेस सभापतिमाथि कुटपिट हुनुले कोहलपुरमा सुरक्षा चुनौती थपिएको छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २६ गते शनिबार