कोहलपुर/ बाँकेको कोहलपुरमा बिहीबार (आज) देखि सुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी एवं पर्यटन महोत्सवको भव्य रुपमा उद्घाटन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी संघ कोहलपुरको संयूक्त आयोजनामा सञ्चालन भएको महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका हुन् ।
महोत्सवमा बाँके जिल्लाबाट प्रदेश तथा केन्द्रमा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
यस्तै महोत्सवको उद्घाटन पूर्व विभिन्न झाँकीसहितको ¥याली निकालिएको थियो । कोहलपुर चौराहबाट सुरु भएको झाँकी सहितको ¥याली नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै पीपलचौतारा पुगरे पुनः महोत्सव स्थलमा आएर कोण सभामा परिणत भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी ¥यालीमा विभिन्न भेषभूषा झल्कने झाँकीसहित २ वटा हात्ती सवार पनि गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्