कोहलपुर महोत्सवलाई विवादित नबनाऔँ :काँग्रेस



कोहलपुर
बाँकेको कोहलपुरमा हुन गईरहेको तेस्रो प्रादेशिक, औद्योगिक, लघु, कृषि तथा प्रविधि प्रदर्शनी, एवम पर्यटन महोत्सवको विषयमा विवाद उत्पन्न नगराउन नेपाली काँग्रेस नगर समितिले आग्रह गरेको छ ।

नगर कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक विकासको लागि लागेको महोत्सवको बारेमा अनावश्यक भ्रम नफैलाउन समेत काँग्रेसले सम्बन्धित पक्षलाई सुझाएको छ ।

नगर कमिटिका सचिव भूम बहादुर भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोहलपुर उद्योग वाणिज्य संघको विरोध सँग लक्षित गर्दै व्यवसायीहरु बीच विवाद उत्पन्न गर्न आवश्यक नरहेकोमा जोडि दिईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २४ गते बिहीबार