नेपाललाई बुद्धको देश भनेर चिन्दछ विश्वले । विश्वमा शान्तिको विगुल फुक्ने बुद्ध नेपाल मै जन्मिएका थिए ।उनी उतिबेलाका राजकुमार समेत हुन् । एसियाको ज्योती उपनामले समेत चिनिन्छ ।उनैले नामबाट बौद्ध धर्मको समेत सुरुवात गरेका हुन् । एक विश्वविख्यात दार्शनिक समेत हुन् । विश्वले नै शान्तिप्रेमी मान्छ बुद्धलाई । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मेको दाबि गरिरहेको र केही भारतीय पाठ्यक्रममा समेत बुद्ध भारत मै जन्मेका हुन् भनेर लेखिएको धेरै तथ्यले देखाएको छ । तर नेपालले पनि नेपाल मै जन्मेको दाबि गर्छ । जुन सत्य हो उनै नेपाल मै जन्मेका हुन् । नेपालसँग बलियो प्रमाण समेत छ ।
गौतमबुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुरामा दुई मत छैन । अहिले पनि बुद्धका दर्जन उत्तिकै समयसापेक्ष छन् । नेपाल धर्म निरपेक्ष राष्ट्र हो ।नेपालमा कुनै पनि धर्म मान्न संविधानले स्वतन्त्र अधिकार प्रदान गरेको छ । तर अहिले काँही धर्मका नाममा विवादहरु सिर्जना हुने गरेका छन् । यस्ता घटनाहरुले मानिसमा धर्म प्रतिको संकिणताले विषम परिस्थिति सिर्जना गर्छ । यही कारणले कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेत स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा विगत आठ वर्ष देखी कैदी जस्तौ बाँधेर राखिएको छ । कैदीबन्दी जस्तै गरेर । सबैलाई न्याय दिने न्यायपालिकाले बुद्धको मुर्तिलाई अन्याय गरिरहेको छ । यसो हुदाँ राज्य बुद्धको गरिमा, सम्मान र बुद्धको योगदान गर्न नसकेको भान
हुन्छ । मानौं, बुद्ध यो देशका नै अपराधी हुन्,अपराधको सजाय भोगिरहेका छन् । अनिश्चितकालका लागि । यसले नेपाल धर्म निरपेक्ष राष्ट्र हो भन्ने कुराको धज्जी उडाएको छ ।
यो सामान्य विषय भने होईन । यस विषयमा सरोकारवालाहरुको ध्यान जानुपर्छ । अहिले नेपाल सरकारले नेपाल भ्रमण २०२० चलिरहेको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक काँक्रेविहारमा राख्नको लागि ल्याईएको मुर्तिमा विवाद भएको थियो । तर यो अझै लामो समय सम्म त्यही रहनु राम्रो होईन । पर्यटकहरुको आगमनलाई समेत मध्ये नजर गरी यो सम्बन्धित स्थानमा राखिनुपर्छ सबैको सहमतिमा । यसलाई धर्मसँग जोडिनु कदापी हुँदैन । राष्ट्र र राष्ट्रियताका प्रतिक समेत रहेका बुद्धको उचित सम्मान गर्नु अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्