गाई तस्करी रोक्न माग गर्दै चक्काजाम



नेपालगञ्ज ।
गाई गोरुको तस्करी रोक्न माग गर्दै कोहलपुर नेपालगञ्ज सडक खण्ड दुई घण्टा अवरुद्ध पारिएको छ । सोमबार दिउँसो राप्रपा निकट युवक संगठनले दुई घण्टा चक्काजाम गरेका हुन् । उनीहले गोरु, गाइ तस्करी रोक्न माग गर्दै राँझा चोक भन्दा पाँच सय मिटर अगाडि टायर बालेर चक्काजाम गरेका थिए । बाँकेबाट गाइगोरु तस्करी भइरहेको दावी गर्दै युवक संगठनका केही पदाधिकारी आइतबार राती बुढियागाउँमा पुग्दा विवाद उत्पन्न भएको थियो ।

????????????????????????????????????

सोही क्रममा त्यहाँका स्थानीयबासीहरुले आक्रमणको प्रयास गर्दै युवक संगठनका बाँके अध्यक्ष हुकुम केसीमाथि आक्रमण गर्दै युवाहरुलाई लखेटेका थिए । सोही घटनाको विरोधमा युवक संगठनले सडक अवरुद्ध पार्दै आन्दोलित भएको हो । ‘युवाहरु गाइगोरु लोड हुन नदिन त्यहाँ पुगेका थिए । त्यसक्रममा हाम्रा साथीमाथि आक्रमण भयो’ युवक संगठनका केन्द्रीय उपाध्यक्ष ऋषिराज देवकोटाले भने, ‘एसपीलाई जानकारी गराए जाँदा पनि आक्रमण भएको हो ।’ त्यही आक्रमणको विरोधमा सोमबार दिउसो एक बजेदेखि तीन बजेसम्म सडक अवरुद्ध पारिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले आक्रमणकारीलाई कारबाही गर्ने आश्वासन दिएपछि चक्काजाम फिर्ता लिइएको केन्द्रिय अध्यक्ष देवकोटाले जानकारी दिए । बाँकेका प्रहरी उपरीक्षक ओलीले भने आइतबार राती गाउँमा दुई वटा ट्रक आएपनि त्यो खाली रहेको दाबी गरे । ‘गाइगोरु तस्करी भएको छैन । उनीहरु आशंका गरेर गाउँ भित्र जान खोजेका थिए । हामीले रोक्यौ’ उनले भने । बाँके बर्दिया लगायतका जिल्लाहरुमा प्रहरीको मिलोमतोमा नै गाई गोरुको अवैध रुपमा पुर्वी नेपालतिर लैजाने गरेको बताइन्छ ।

गाई गोरुको लाइन मिलाउनको लागि तस्करको समुहले प्रहरीका उच्च अधिकारीहरुलाई मासिक लाखौं रुपैयाँ बुझाउने गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका तत्कालिन प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहलाई गाई गोरुको लाइन मिलाउन आग्रह गर्दै तस्कर समुहका दुई सदस्य रकमसहित प्रहरी कार्यालय पुगेका थिए । प्रहरी नायब उपरीक्षक सिंहले उनीहरुलाई रकमसहित पक्राउ गरेर कारबाही गरेका थिए । यस घटनाले पनी पुष्टी गर्दछ की गाई गोरु अवैध रुपमा लिनको लागि प्रहरी अधिकारीहरुसँग मिलोमतो हुन्छ भनेर ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २२ गते मंगलबार