कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार २११ औं लुइस व्रेलको जन्मोत्सवको अवसरमा कोहलपुर नगरपालिकाको सहयोगमा १२ जना विद्यार्थीहरुलाई अडियो पुस्तक र अडियो डिभाइस प्रदान गरिएको हो ।
कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक नारायणी वलीले अपाङ्गता भएका बालबाकालिकाहरुलाई अपाङ्गता मैत्री शिक्षा दिन नसकेको बताइन् । ‘अपाङ्गता भएका व्यक्तिहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सकेका छैनन्’ उनले भनिन्, ‘उनीहरुको शिक्षा क्षेत्रमा सहज प्राप्त होस् भन्ने उद्देश्यले सामग्री वितरण गरेका हौं ।’
सिर्जनशिल अपाङ्गता नमूना बाल क्लबका अध्यक्ष आषिश अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा लिन सहज हुने बताए । ‘अपाङ्गता भएको व्यक्तिहरुले शिक्षा लिन सहज छैन’ उनले भने’ ‘अहिले प्राप्त गरेको अडियो पुस्तक र अडियो डिभाइसबाट सहज हुनेछ ।’
यस्तै त्रिभुवन माध्यामिक विद्यालयमा ‘बालश्रम समस्या र सामधान’ भन्ने विषयमा निबन्ध प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा क्रान्ति राना पहिलो, कृष्ण बहादुर खत्री दोस्रो, बसन्ती केसी तेस्रो र दिपा राना चौथो भएका थिए । उनीहरुलाई शनिबार सोही कार्यक्रममा नै पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्