कोहलपुर ।
कोहलपुर जेसिज वर्ष २०२० का लागि नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार कोहलपुरमा भएको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभाबाट संगम खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष खनालको नेतृत्वमा रहेको नयाँ कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरिएको वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले जानकारी दिइन् ।
जसको कार्यकारणी उपाध्यक्षमा राज कुमार पौडेल र राकेश विष्ट, उपाध्यक्षमा विक्रम भुषाल, सिर्जना छिनाल, ईश्वरी सुवेदी र कमल बहादुर शाही, महासचिवमा राम पाण्डे, कोषाध्यक्षमा अन्जु न्यौपाने र कानूनी सल्लाहकारमा ध्रुव आचार्य चयन भएका छन् ।
यस्तै शनिबार नै रविन गौतमको अध्यक्षतामा जुनियर जेसिजको नयाँ नेतृत्व पनि चयन गरिएको छ । जसको कार्यकारणी उपाध्यक्षमा भिम प्रसाद भुषाल र जेशिका श्रेष्ठ, उपाध्यक्षमा विष्णु शर्मा, निराजन पुन, विविशा राजभण्डारी र कृष्ण बहादुर शाही चयन हुनु भएको जुनियर जेसिज २०१९ का अध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए ।
११ औँ अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन शत्रमा बोल्दै कोहलपुर जेसिजका संस्थापक अध्यक्ष सोम बहादुर थापाले जेसिजले व्यक्तिलाई नेतृत्व गर्न पाउने अवसर दिने बताए । जेसिजमा एक व्यक्ति, एक कार्यकाल नेतृत्व भएकाले सबै व्यक्तिले नेतृत्वसंगै व्यक्तित्व विकासको अवसर प्राप्त गर्ने उनले दाबी गरे । जन्मेपछि नेतृत्व वा अग्रपंतिमा देखिन चाहने मानिसको मानविय स्वाभाव भएकाले त्यो अवसर जेसिजले प्रदान गर्ने उनको भनाई थियो । थापाले युवाहरुलाई उनीहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै अन्य विभिन्न अवसर पनि भएकाले जेसिजमा आवद्ध हुन आह्वान समेत गरे । नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष हेमराज खनाल ‘सन्तोष’ले जेसिजले युवाहरुमा लुकेर रहेका अन्र्तनिहित प्रतिभाहरुलाई प्रस्फुटित गरी क्षमतावान र उर्जाशिल नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनीहरुलाई विभिन्न ज्ञान, सिप र तालिम मार्फत समाजमा सक्षम नागरिकका रुपमा स्थापित गर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा वर्ष २०१९ का महासचिव संगम खनालले वार्षिक र कोषाध्यक्ष विक्रम भुषालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव खनालले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले वर्षभरि गरेका कार्यहरु समेटिएको थियो भने कोषाध्यक्ष भुषालको प्रतिवेदनमा जेसिस वर्ष २०१९ को आय व्यय प्रस्तुत गरिएको थियो । जसमा संस्थाको आम्दानीतर्फ विभिन्न शिर्षकमा ३ लाख १८ हजार रहेको
छ भने खर्चतर्फ २ लाख ८२ हजार ९ सय ६५ रहेको छ । अब संस्थाको वचत ३५ हजार ५ सय ९३ रुपैयाँ रहेको छ ।
कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमकी अध्यक्ष एवम् कोहलपुर जेसिज वर्ष २०१९ की अध्यक्ष संगिता पौडेल सुवेदीले आफ्नो कार्यकालमा आफूले सक्दो कोहलपुर जेसिजलाई थप उचाइमा पु¥याउने कार्यहरु गरेको बताइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद समेत दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्