सामाजिक जवाफदेहिता बारे अभिमुखीकरण



अनोज थारु । बढैयाताल ।

बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक जवाफदेहिताका औजारहरुको बिषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले दिने सेवा सुविधा चुस्त दुरुस्त हुउन र नागरीकहरुले सरल र सहज रुपमा सेवा सुबिधा पाउन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को उप दफा ५ बमोजिम सरकारी तथा गैरसरकारी संघ संस्था र विभिन्न सेवा प्रदायक निकायहरुले सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायी र जवाफदेही बनाउनको लागि वर्षमा ३ पटक ४÷४ महिनाभित्र सार्वजनिक परिक्षण, सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई अनिवार्य गर्नु पर्ने भनिएको छ ।

तर यस्तो अभ्यास धेरै स्थानीय तहहरुमा सुरु नभएपछि कार्यक्रम गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बर्दिया जिल्लाका कार्यक्रम अधिकृत मान बहादुर चौधरीले
बताए । त्यसैगरी कार्यक्रममा सामाजिक जवाफदेहिताका औजारहरु सार्वजनिक सुनुवाई, बर्हिगमन अभिमत, नागरिक प्रतिवेदन, सामाजिक परिक्षण, सूचनाको हक र समुदाय अंक पत्र गरी ७ वटा बुँदाको बारेमा यसै संस्थाका कार्यक्रम व्यवस्थापक रबिन्द्र ज्ञवाली र कार्यक्रम अधिकृत चौधरीले जानकारी गराएका थिए ।

अब विभिन्न सरोकारवालाहरुले जानकारी दिए सँगै सेवा प्रदायक निकायप्रति सुशासन र पारदर्शिता खोज्न लागेका बढैयाताल तीन स्थानीय सभाका सचिव गंगाधर पराजुलीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ४ गते शुक्रबार