सम्पादकीय : सकारात्मक सोच



संसार कै उत्कृष्ट जिवित प्राणी हो मानव । मानव जाती भएकै कारण पृथ्वी चलेको छ । दिन प्रति दिन विश्व यसरी विकास हुदैछ । जुन मानिसले सोचेका थिएनन् होला । अनेक प्रकारका चमत्कार भएका छन् विश्वमा । यसै विकासको क्रममा रहेका छन् । मानिस निकै विकसित भईसकेको अवस्था छ । जमाना पनि निकै महत्वकांक्षी भएको छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने यूरोपियन देश विकासमा निकै अघि देखिन्छन् । एशियाली मुलुक समेत विकासको उच्च बिन्दुमा रहेका छन् ।

विकासका दृष्टिले यूरोप भन्दा एसिया निकैपछि रहेको छ । विकासको गति निकै दुर्त रहेको छ । जहाँको विकासको गति दुर्त छ त्यहाँ स्वभाविक रुपमा विकास हुने नै भए । त्यसको एक मात्र कारण हो, सकारात्मक सोच । हो प्रगतीको मानक हो, सकारात्मक सोच । सधै सकारात्मक सोचका साथमा अघि बढेमा व्यक्ति मात्रै होईन देशको समेत उल्लेख्य रुपमा विकास र प्रगती हुने गर्दछ । राम्रो सोच्नु नै सकारात्मक भाव व्यक्त गर्नु हो यसले राम्रो नतिजा दिन्छ । भने नकारात्मक सोच भएमा ठिक उल्टो हुन्छ । व्यक्तिमुखी सोच हाम्रो देश नेपालमा समेत हाबी भईरहेको छ । फलस्वरुप त्यसको असर सिंगो देशलाई परेको छ ।

हाम्रो देश विकास नहुनुको एउटा कारण हो । देशको राजनिति समेत सही दिशामा छैन, थिएन । लामो ईतिहासले त्यही कुरा दर्शाएको छ । नत्र हाम्रो देश भन्दा गरिब देश धनी भएका छन्, भने अविकसित देश विकसित भएका छन् । हामी अझ विकास उन्मुख मै सिमित छौ । भर्खरै विकासको लागि बामे फेर्न क्रममा रहेको छ । देशको विकासको लागि देशको राजनिति सही दिसामा हुनु पर्छ । त्यति मात्रै होईन राजनिति गर्ने नेतामा सकारात्मक सोच चाहिन्छ, सबैको भलो चिताउने मानिस चाहिन्छ । अहिलेको परिवर्तित अवस्थामा सबैको भूमिका रहेको देश विकासको लागि । स्थायी सरकारको रुपमा रहेको कर्मचारी तन्त्र सुर्धिन आवश्यक रहेको छ । भने देशको राजनितिक क्षेत्र कलंक रहित हुनुपर्ने आवश्यकता रहेको छ । संघियता कार्यान्वयनमा रहेको मुलुकका लागि जनप्रतिनिधिमा सकारात्मक सोच सबै भन्दा महत्वपुर्ण पक्ष हो । संसार बदल्नु छ भने सुरुवात आफै गर्नुपर्छ भने झै म बाट सुरु गरौं सकारात्मक सोचको थालनी गरौ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २ गते बुधबार