कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदनका विद्यार्थीले दुवै मृगौला पिडितलाई २५ हजार ४५ रकम आर्थिक सहयोग गरेका छन् ।
दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एकराज शर्मालाई २५ हजार ४५ रुपैया रकम हस्तान्तरण गरेका थिए ।
विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर टेकलाल केसीको लागि सहयोग गरेको मुल संयोजक सदस्य राजेश वलीले बताए । विद्यार्थीहरु नेपाल रेडक्रसमा पनि आबद्ध रहेका छन् ।
सहयोग गर्नका लागि ग्लोबल आइ.एम.ई.बैंकको खाता नं. ८३०७०१०००४८४४ मा आर्थिक सहयोग सक्नुहुनेछ ।
दुवै मृगौला पिडित टेकलाल केसी बचाऔं अभियानका आर्थिक संयोजक एकराज शर्माको सम्पर्क नम्बर ९८५८०३११६७ मा सम्पर्क गरी रकम उपलब्ध गराउन सक्नुहुने छ ।
प्रकाशित मिति : २०७६ मंसिर ३० गते सोमबार








प्रतिक्रिया दिनुहोस्