कोहलपुर ।
गोल्डेन फ्यूचर एकेडेमी विद्यालयले दुवै मृगौला पिडित टेक केसीलाई १५ हजार हस्तान्तरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र आचार्यले उनको जेठो छोराको कुनै पनि फि नलिने बताए ।
‘उहाँको छोरा कक्षा ४ मा अध्यननरत छ’ उनले भने, ‘जति खर्च लाग्छ विद्यालयले व्यहोरर्ने छ ।’
टेक केसी बचाउ अभियान चलाएर पनि उपचार खर्च जुटाउने उनको भनाई थियो । उनको घरमा गई विद्यालय सम्पूर्ण शिक्षक र ससानाबाललिका समेत उनको सहयोगी हातहरु बन्न पुगेका थिए । सहयोग गर्नेका लागि यहाँहरुले एन आईसी एसीया बैंकमा रहेको खाता नं. ०५९८७५०६९५२४३००१ मा सहयोग सकिने छ ।
प्रकाशित मिति : २०७६ मंसिर २५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्